Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

बैशाख महिनामा रातो दालको भारत निर्यात दुई किलो ! सबै भन्दा बढी निर्यात बंगलादेश


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 615
    Shares

  • बैशाख महिनामा रातो दालको भारत निर्यात दुई किलो !   सबै भन्दा बढी निर्यात बंगलादेश

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बैशाखमा मसुर दालको सबै भन्दा बढी निर्यात बंगलादेशमा गरिएको छ भने सबै भन्दा कम निर्यात भारत गरिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको बैशाख महिनासम्मको आयात निर्यात प्रतिवेदनमा रातो दालको  भारत निर्यात २ किलो गरिएको उल्लेख गरिएको हो ।

    बंगलादेशमा १ लाख ३० हजार किलो, हंगकंगमा २ हजार ३सय किलो , जापानमा ३०० किलो र सिंगापुरमा ७७ हजार किलो रातो दाल निर्यात गरिएको देखिएको हो ।

    बैशाख महिनासम्म रातो दालको बंगलादेश, हंगकंग, भारत, जापान र  सिंगापुरमा क्रमशः १० लाख ३२ हजार ७सय, ९हजार ३सय , ८लाख १६हजार ५सय२८,२२हजार ३सय र २लाख ५७हजार किलो निर्यात गरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    bhansar 2.jpeg

    विभागको चैत महिनाको प्रतिवेदनमा बंगलादेशमा ९ लाख २ हजार ७ सय , हंगकंगमा ७ हजार , भारतमा ८ लाख १६ हजार ५सय २६ किलो, जापान २२ हजार र सिंगापुरमा १ लाख ८० हजार किलो रातो दाल निर्यात गरिएको उल्लेख छ ।

    bhansar1.jpeg

    प्रतिक्रिया दिनुहोस