Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राजस्व अनुसन्धान विभागद्वारा बुढानीलकण्ठमा रहेको रक्सी गोदाममा छापा


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 1.1k
    Shares

  • राजस्व अनुसन्धान विभागद्वारा बुढानीलकण्ठमा रहेको रक्सी गोदाममा छापा

    काठमाडौं । राजस्व अनुसन्धान विभागले  काठमाडौंको बुढानीलकण्ठमा रहेको एक रक्सी गोदाममा छापा मारेको छ । काठमाडौंको बुढानीलकण्ठस्थित के के एन्ड के लिक्वर्स ग्यालरी र ग्यालरीको गोदाममा छापा हानी सिलबन्दी गरिएको हो ।

    राजस्व चुहावट तथा अवैध रक्सी स्टोर गरिएको आशंकामा राजस्व अनुसन्धान विभागको ५ नम्बर शाखाको टोलीले बुढानीलकण्ठ १३स्थित के के एन्ड के लिक्वर्स ग्यालरी र उसको गोदाम, अफिस र पसलमा छापा मारेको हो । राजस्व अनुसन्धान विभागको टोलीले २ थान कम्प्युटर, ल्यापटप १ थान, महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिई पसल , अफिस र गोदाम सिल गरेको छ ।

    लिक्वर्स संघका अध्यक्षसमेत रहेका राजन केसी र उनका दाजु अनिल केसीले सञ्चालन गर्दै आएको उक्त फर्मले ठुलो मात्रा राजस्व चुहावट गरेको अनुमान गरिएको छ ।यसै हप्ता राजस्व अनुसन्धानको टोलीले बाराजिल्लाको जितपुरस्थित बिक्की वस्त्रालयमा छापा हानेको थियो । 

    प्रतिक्रिया दिनुहोस