Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

चालु आर्थिक वर्षमा अढाई सय बढी जीवित सुँगुर भारत निर्यात, बैशाख महिनामा निकासी मूल्य सबै भन्दा कम

चालु आर्थिक वर्षमा अढाई सय बढी जीवित सुँगुर भारत निर्यात, बैशाख महिनामा निकासी मूल्य सबै भन्दा कम

  • काठमार्डौ । चालु आर्थिक वर्षको दश महिनामा अढाई सय बढी ५० किलो भन्दा कम वजन भएका जीवित सुँगुर भारत निर्यात गरिएको छ । बैशाख महिनामा मात्रै ५० किलो भन्दा कम वजन भएका ४० जीवित सुँगुर भारत निर्यात गरिएको राजस्व विभागले जनाएको हो ।

    बैशाख महिना निकासी गरिएका जीवित सुँगुरको निकासी मूल्य यो चालु वर्षमा पहिलो पटक निर्यात गरेदेखि पौष  महिनासम्म निर्यात गरिएका जीवित सुँगुरको निकासी मूल्यको तुलनामा प्रति सुँगुर निकासी मूल्य कम हो ।

    बैशाख महिनामा निर्यात गरिएका जीवित सुँगुरको मूल्यको भन्दा पौष महिनाको निकासी मूल्य दुई गुना र मंसिर महिनाको तीन गुना रहेको राजस्व विभागका मासिक प्रतिवेदहरूले जनाएका छन् ।

    बैशाख महिनामा प्रति जीवित सुँगुरको निकासी मूल्य १२००मा झरेको बेला पुस महिनामा यो २५४५ र मंसिर महिनामा ३६०२ रुपैयाँ रहेको देखिन्छ ।

    यसैगरी कार्तिकमा प्रति जीवित सुँगुरको निकासी मूल्य १७२० रहेको थियो भने पहिलो पटक असोजमा निकासी हुँदा ५० किलो वजन भन्दा कम वजन भएका जीवित सुँगुरको निकासी मूल्य १३८८ रुपैयाँ बढी रहेको प्रतिवेदनले जनाएको छ ।

    चालु आर्थिक वर्षको तीन महिना माघ , फागुन र चैत महिनामा जीवित सुँगुरको निर्यात नभएको प्रतिवेदनले जनाएको छ ।गत आर्थिक वर्षमा नेपालबाट जीवित सुँगुरको निर्यात नभएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij