Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 693
    Shares

  • राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता

    काठमाडौँ ।   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र  मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न  सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।   सम्झौता भएपश्चात  विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम रु १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ । 

    बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७÷३५ प्रतिशत रहेको छ । सम्झौताअनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

    सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंकका सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति  रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २८७  शाखा कार्यालय, तीन सय आठ एटिएम र ७१  एक्स्टेन्सन काउण्टर रहेको बैंकद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको  छ ।

    प्रतिक्रिया दिनुहोस