Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भ्रष्टाचारको आरोपमा श्रीलङ्काको टि–२० टोलीका मालिक पक्राउ


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 627
    Shares

  • भ्रष्टाचारको आरोपमा श्रीलङ्काको टि–२० टोलीका मालिक पक्राउ

     

    कोलम्बो ।अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलङ्काको प्रिमियर लिग (एलपिएल) मा एक टि–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ । 

     

    दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो । 

     

    प्रहरी र अध्यागमन अधिकारीहरूका अनुसार उनलाई म्याच फिक्सिङको आशङ्कामा हिरासतमा राख्न अदालतको आदेशपछि पक्राउ गरिएको थियो । रहमानलाई थप अनुसन्धानका लागि मे ३१ सम्म हिरासतमा राखिएको छ । 

     

    म्याच फिक्सिङ र सट्टेबाजी गर्ने प्रयाससँग सम्बन्धित खेलकुद ऐनको दुई प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको थियो । खेलकुदमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने विशेष प्रहरी एकाइले चार वर्षअघि सुरु भएको एलपिएल प्रतियोगिताका कुनै अधिकारीलाई पहिलो पटक पक्राउ गरेको हो । 

     

    खेलकुद ऐनअन्तर्गत दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्छन् ।

     

    मङ्गलबार रहमानको दाम्बुला टिमले २४ खेलाडी किन्नका लागि चार लाख ५० हजार डलर खर्च गरेको थियो । यसमा विदेशी खेलाडी अफगानिस्तानका अलराउन्डर करिम जनात पनि थिए । उनको मूल्य ८० हजार डलर थियो । 

     

    पाँच टिम संलग्न एलपिएल प्रतियोगिता जुलाई १ देखि सुरु हुनेछ र जुलाई २१ मा फाइनल खेल हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस