Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

अबैधरुपमा ग्राभेल उत्खनन गरिरहेको दुईवटा टिफर र एक स्काभेर नियन्त्रणमा

अबैधरुपमा ग्राभेल उत्खनन गरिरहेको दुईवटा टिफर र एक स्काभेर नियन्त्रणमा

  • सिरहा । सिरहामा अबैधरुपमा ग्राभेल उत्खनन गरिरहेको दुईवटा टिफर र एकथान स्काभेर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको  नरहा गाउँ पालिका-३ खोरियाबाट अबैध उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफार र नम्वर नखुलेको स्काभेर नियन्त्रणमा लिएको हो।स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिफर र स्काभेर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बताए। नियन्त्रणमा लिएको टिफर र स्काभेटर गाउँ पालिकाको जिम्मामा लगाएको   सशस्त्र प्रहरीले जानकारी दिए।
    नरहा ३ को दर्जनौं स्थानबाट अबैधरुपमा उत्खनन् भईरहेपनि स्थानीय प्रहरी र जनप्रतिनिधीको मौनताले उनीहरुको संलग्नता स्पस्ट देखिएको स्थानीयहरु बताउँछन्। नरहा गाउँ पालिकामा अहिले सम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सवै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको  छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij