Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडित आन्दोलनमा

सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडित आन्दोलनमा

  • काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको आरोप लगाउँदै  सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् ।

    देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन गरिएको हो । 

    शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वनय नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अभियन्ताहरूले बताएका छन् ।  आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

    विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचकर्ताले सहकारीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij