Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सुनको लेप लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 651
    Shares

  • सुनको लेप लगाइएको कपडासहित  भारतीय नागरिक पक्राउ

    काठमाडौं । सुनको लेप लगाइएको कपडासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ गरिएको छ । प्रहरीले  भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई पक्राउ गरेको हो । 

    उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको थियो । 

    एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

    पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस