Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राजस्व अनुसन्धान कार्यालय पथलैयामा चौधरी र नेपालीको रजगज, दुई कर्मचारीको गलत नियतले राजस्व अनुसन्धान कार्यालय पथलैयाको बदनामी


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 1.3k
    Shares

  • राजस्व अनुसन्धान कार्यालय पथलैयामा चौधरी र नेपालीको रजगज, दुई कर्मचारीको गलत नियतले राजस्व अनुसन्धान कार्यालय पथलैयाको बदनामी

    काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत दुई कर्मचारीको गलत नियतले राजस्व अनुसन्धान कार्यालय पथलैयाको बदनामी भएको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत सूचना अधिकारीसमेत रहेका प्रमोद कुमार  चौधरी र सुब्बा रवि नेपालीको गलत नियतका कारण राजस्व अनुसन्धान कार्यालय बदनियत भएको हो ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत प्रमोद कुमार  चौधरी  र रवि नेपालीको  मिलेमतोमा भारतीय नाकाहरूबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडीहरूलाई सेटिङमा निर्बाध तरिकाले गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने , बिना बिल बीजकका मालवाहक सवारी साधनहरूलाई सेटिङमा छाड्ने , विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीछिपी मालसामान ल्याउनेहरूबाट गलत तरिकाले अतिरिक्त आम्दानी गरी छाड्ने गरेको वीरगञ्जका एक व्यवसायीले बताए ।

    चौधरी र नेपालीले आफूखुशी मालवाहक गाडीलाई लाइन दिने गरेका छन् । चेकजाँच र अनुगमनका नाममा चौधरीले अतिरिक्त रकम असुली उनीहरूलाई सुनपानी छर्किने गरेका छन् ।चौधरी र नेपालीकै मिलेमतोमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले विभिन्न समयमा जफत गरेका मालवस्तुहरू लिलामी गर्दा सेटिङमा गर्ने गरेको व्यवसायीले आरोप लगाएका छन् । उनीहरूले सामानको लिलामी गर्दा सूचना नटाँस्ने, वेब साइटमा पनि सुचना प्रकाशित नगर्ने , लिलामी सकार गर्नका लागि दिइएको समयसीमा सकिएपछि मात्र सूचना टाँस गर्ने र आफू अनुकूलका व्यापारीहरूलाई न्यूनमूल्यमा सेटिङमा सामान बेच्ने गरेको बताइएको छ ।
    उदाहरणका लागि मिति २०८१/१/१७ मा निकालिएको सूचनामा समेत बदनियत तरिकाले आफू अनुकूलको व्यापारीलाई अतिरिक्त फाइदा लिएर मालवस्तु सकार गर्न दिइएको एक व्यवसायीले बताए ।

    उक्त लिलामीमा  कफी, कपूर, मोबाइल सेटका डिसप्ले, कपडा, बिँडी, आलमिनियम रड, कुर्ता सुरुवाल, युरिया मल, मोटरसाइकल, चिनी, तुलसी,प्याज, चकलेटलगायत थान कपडासमेत लिलाम बिक्री गरिएको थियो ।उक्त मालवस्तुको लिलामी गर्दा चौधरी र नेपालीले मोटो रकम लिएको वीरगञ्जका  व्यापारीहरू बताउँछन् ।

     प्रमोद कुमार  चौधरी  र रवि नेपालीले  मिलेमतोमा कार्यालय प्रमुखलाई समेत गुमराहमा राखी  त्यससमयका कैयौँ लिलामीहरूमा त्यसैगरी अतिरिक्त पैसा लिएर आफू अनुकूलका व्यापारीलाई मालवस्तु दिएको बताइन्छ । कतिपय अवस्थामा त सूचना गोप्य राखी आफू अनुकूलको व्यापारीलाई मात्र निवेदन दिन लगाएर मिलेमतोमा  चौधरी र नेपालीले सामान बिक्री गर्ने गरेका छन् । 

    नष्ट गर्नुपर्ने सामान मिलेमतोमा बिक्री 

    केही हप्ता अगाडि राजस्व अनुसन्धान कार्यालय पथलैयाको  गोदाम खाली गर्ने नाममा नष्ट गर्नुपर्ने सामान रवि नेपाली र प्रमोद चौधरीले  मिलेमतोमा बिक्री गरेका छन् ।गोदम सम्हालेका अशोक श्रीवास्तव , रवि नेपाली र चौधरीले विभिन्न समयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले जफत गरेका मालवस्तुहरू, काँचो पाम आयाल, धानको बिउ एक ट्रक, सूर्ती , पान मसाला, पत्तावाला सूर्ती, तुलसी, रेडबुल जुसलगायतका मालवस्तुहरू सडेगलेको भन्दै कार्यालय प्रमुख तेजनारायण भएको बेलामा नष्ट गर्नुपर्ने निर्णय गराएको र महिनौ पछि उक्त सामान नष्ट गर्ने नाममा धान एक ट्रक, दाना उद्योेग र अन्यसामान बिक्री गरेको बाइएको छ । सामान नष्ट गर्दा मुचुल्का अनिवार्य हुन्छ तर उक्त सामान नष्ट गर्दा मुचुल्का समेत बनाइएको छैन् ।यससम्बन्धमा प्रमोद कुमार  चौधरी  र रविनेपाली लाइ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

     

    प्रतिक्रिया दिनुहोस