Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 480
    Shares

  • सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने

     

    काठमाडौं । सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३  अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

    बुधबार  जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।

    १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी मंसिर ११ गते परिपक्व हुनेछ । १ वर्षको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ ४ गते परिपक्व हुनेछ ।

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

     

     

    प्रतिक्रिया दिनुहोस