Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 537
    Shares

  • आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

     

    काठमाडौं । आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ‘९% आइसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ निष्कासन गर्न लागेको हो ।

    यसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइसीएफसी फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

    नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति लिएर ऋणपत्र जारी गर्ने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस