Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनचाँदी कारोबारका समस्या चुटकीमा हल गर्ने नेपाली  एप सुनपात्र


२०८१, जेठ १४ सोमबार

  • 1.8k
    Shares

  • सुनचाँदी कारोबारका समस्या चुटकीमा हल गर्ने नेपाली  एप सुनपात्र

    काठमाडौं । बहुमूल्य धातु सुन चाँदीको खरिद बिक्री व्यवहारसँग जोडिएका सबै समस्याहरूको समाधान चुटकीमा दिलाउने एपको विकास नेपालमै गरिएको छ । सुनपात्र नाम दिइएको यो एपले सुन चाँदी व्यवसायलाई प्रविधि मैत्री तथा सहज र उन्नत व्यवहारको अनुभव दिलाइने यसका विकासकर्ताहरूले दाबी गरेका हुन् ।सुनको गहना बनाउने, सुनको गुणस्तर, तौल र कारीगरसमेतको गतिविधिलाई ध्यान दिन सहज हुने गरी यो एपको निर्माण गरिएको छ ।

    यो एप विगत दुई दशक बढी समयदेखि प्रविधि क्षेत्रमा काम गर्दै आएको कम्पनी अनभिरो टेक प्रालिले विकास गरेको हो । सुनपात्र एपको प्रयोगले सुनचाँदी व्यवसायलाई समय सापेक्ष प्रविधि मैत्री तथा सहज र उन्नत गराउँदै लैजाने सुनपात्रका एमडी मनबहादुर रोकाले बताए ।

    manabahadur.jpeg

    उनका अनुसार सामान्य  कम्प्युटर कौशल र ज्वेलरी व्यवसायको न्युनतम ज्ञान भएका कुनै पनि व्यक्तिले सुनपात्र प्रयोग गर्न सक्ने छन् । यो एप  चलाउन एकदमै सजिलो भएको दाबी गर्दै रोकाले एक दिन भन्दा कम समयको तालिमबाट नै सुनपात्र प्रयोग गर्न सकिने बताए ।

    उनले जनाए अनुसार सुनपात्रका  विशेषताहरूमा , आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त, बिक्री ÷ खरिद,  दैनिक अनलाइन सुनको दरभाउ, क्यारेट अनुसार सुनको अटो मुल्य, ग्राहक / आपूर्तिकर्ता अभिलेख , बारकोड स्क्यान/ प्रिन्टिङ, अर्डर अभिलेख तथा गहना निर्माणको अवस्था,  धातु अभिलेख, अग्रिम भुक्तानी अभिलेख, धातु / पत्थर बिक्री / खरिद, रेडिमेड गहना बिक्री / खरीद,  कारोबारका प्रकार, डिजिटल / नगद/  बैँक चेक / उधारो , बीजक  प्रिन्ट, उधारो कारोबार र नगद रसिद, ट्याग प्रिन्ट र ट्यागद्वारा गहनाको खोज, कारिगर व्यवस्थापन, कारिगरका अर्डरहरु, कारिगरले लगेको ल्याएको धातुको अभिलेख, स्टक आदिका जानकारी सहज उपलब्ध हुने रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस