Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

जुवा खेलाउने आधा दर्जन क्यासिनोहरूले सरकारलाई साढे ३१ करोड बढी दस्तुर बुझाउन बाँकी


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 546
    Shares

  • जुवा खेलाउने आधा दर्जन  क्यासिनोहरूले सरकारलाई साढे ३१ करोड बढी दस्तुर  बुझाउन बाँकी

    काठमाडौं । जुवा खेलाउने आधा दर्जन  क्यासिनोहरूले सरकारलाई साढे ३१ करोड बढी बुझाउनुपर्ने दस्तुर नबुझाएको पाइएको छ ।  महालेखा परीक्षकको  कार्यालयले यस्तो जनाएको हो ।

    महालेखा परीक्षकको  कार्यालयले  सार्वजनिक गरेको  ६१औं वार्षिक प्रतिवेदनमा ६ वटा क्यासिनोले नवीकरण दस्तुर, रोल्टी तथा थप शुल्क गरी गत आर्थिक वर्ष २०७९/८० सम्ममा  ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ सरकारलाई बुझाउन बाँकी रहेको छ ।

    क्यासिनो नियमावली २०७० (चौथो संशोधन २०७६) को नियम १० मा इजाजत दस्तुर आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेलका हकमा १ करोड र क्यासिनोका हकमा २ करोड ५० लाख लाग्ने छ ।

    त्यसैगरी नियमावलीको नियम १२ र १३ मा इजाजतपत्र नवीकरण गर्नुपर्ने तथा इजाजत पत्र दस्तुरको ५० प्रतिशतले हुने रकम नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।

    प्रतिवेदनमा  यस वर्ष क्यासिनोको बक्यौता रकम र त्यसमा लाग्ने थप शुल्कसहित असुल गर्न सरकारलाई सुझाव दिएको छ ।

    प्रतिक्रिया दिनुहोस