Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 549
    Shares

  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी कम्पनीले कुमारी क्यापिटललाई दिएको हो ।सोमवार कम्पनी र विक्री प्रबन्धककाबीच आईपीओ निष्कासनका लागि आवश्यक जिम्मेवारी पुरा गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित उक्त कम्पनी नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । कम्पनीमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट छन् ।

    प्रतिक्रिया दिनुहोस