Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुट्टो हल्ला


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 378
    Shares

  • भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुट्टो हल्ला

     

    नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । 

     

    अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । 

     

    एक सय सत्त्तर यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन । 

     

    “अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ”, एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

     

    यो राजधानी नयाँदिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीकोे श्रृङ्खलामध्ये पछिल्लो घटना हो ।

     

    प्रतिक्रिया दिनुहोस