Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

राजस्व अनुसन्धान विभागको टोलीद्वारा वीरगञ्जको एक घरमा छापा


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 1.5k
    Shares

  • राजस्व अनुसन्धान विभागको टोलीद्वारा वीरगञ्जको एक घरमा छापा

    काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवनको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडान ३ स्थित एक तीनतले घरमा छापा हानेको छ ।विगत लामो समयदेखि  अवैध काम गरेको हुन सक्ने आशंकामा  राजस्व अनुसन्धान विभागको टोली गएर उक्त घरमा छापा हानी सिलबन्दी गरेको हो ।

    विभागको टोलीले छापा हानेर केही कागजपत्र र  डिभाइस नियन्त्रणमा लिएको छ । विभागको टोलीले  छापा हानेर  उक्त अफिसबाट  त्यहाँ काम गर्ने दुई जनालाई पक्राउ गरेको बताइएको छ ।राजस्व अनुसन्धान विभागले अनुसन्धानको विषय भएको हुनाले छापा मारिएको फर्मको नाम , फर्म सञ्चालकको नाम, पक्राउ परेका व्यक्तिहरूको नाम, कारोबारको प्रकृति लगायतका कुराहरू गोप्य राखेको छ ।

    समाचार स्रोतका अनुसार ठुलो मात्रामा अवैध काम गरेको आशंकामा राजस्व अनुसन्धान विभागले उक्त फर्ममा छापा हानेको बताइएको छ ।  स्रोतका अनुसार राजस्व अनुसन्धानको टोलीले छापा हान्दा मालिक भने फरार भइसकेका थिए । अनुसन्धानको टोलीले त्यहाँ काम गर्ने स्टाफलाई मात्र समातेको बताइएको छ ।

    यस्तै राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगञ्जमै अर्को एक फर्ममा समेत छापा हानेको बताइएको छ । कार्यालयले छापा हानेको विस्तृत विवरण बाहिर ल्याएको छैन् ।

    प्रतिक्रिया दिनुहोस