Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सहकारी ठगी प्रकरण : बन्यो संसदीय छानबिन विशेष समिति


२०८१, जेठ १५ मंगलबार

  • 531
    Shares

  • सहकारी ठगी प्रकरण :  बन्यो संसदीय छानबिन विशेष समिति

    काठमाडौँ । प्रतिनिधि सभाले सहकारी समस्याबारे छानबिन गर्नका लागि संसदीय छानबिन विशेष समिति गठन गरेको छ । मंगलबार साँझ बसेको प्रतिनिधि सभाले एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन गरेको हो । 

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो । समितिलाई रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानबिनका लागि कार्यादेश दिइएको छ । छानबिन समितिलाई ३ महिनाको समय दिइएको छ । 

    समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री रहेका छन् । यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस