Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

बजेट प्रावधानका कारण फलाम उत्पादकहरूको अर्बौ लगानी डुब्ने चिन्ता

बजेट प्रावधानका कारण फलाम उत्पादकहरूको अर्बौ लगानी डुब्ने चिन्ता

  • काठमाडौं । सरकारले बजेटमा गरेको प्रावधानका कारण स्वदेशी फलाम उत्पादकहरूको अर्बौँ लगानी डुब्ने चिन्ता बढेको छ ।नेपाल फलामे छड उत्पादक संघले मंगलबार अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेका बजेट व्यवस्थाले ३८ अर्बको उद्योग डुब्ने अवस्था निर्माण गरेको बताएको हो ।

    स्पन्ज आइरनको भन्सार महसुलमा मूल्य वृद्धि गरिएको विषयलाई लिएर संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।साथै उनीहरूले यो क्षेत्रमा कार्य गरिरहेका साढे तीन हजार कामदारलाई बेरोजगार बनाउने चेतावनी समेत दिएका हुन् ।

    यसअघि सरकारले स्पन्ज आइरन आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार महसुललाई शून्य बनाएको थियो । साथै बिलेट आयातमा प्रतिकेजी २.५ अन्तशुल्क लगाएको थियो । यो निर्णय पछि फलाम छड उत्पादन क्षेत्रका १२ उद्योगमा २४ अर्ब थप लगानी भएको थियो ।
    माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला यो निर्णय लिइएको थियो । तर अहिले माओवादी नेता वर्षमान पुन अर्थतन्त्रीको जिम्मेवारी सम्हालेर यो सुविधा खारिज गरिएका छन् ।

    संघका अध्यक्ष साहिल अग्रवालले बजेटको व्यवस्थाबाट लगानीकर्तालाई निरुत्साहित बनाउन खोजिएको गुनासो गरेका छन् ।सरकारले यसमा पुनर्विचार नगरे उद्योगी व्यवसायीहरूले चाबी सरकारलाई बुझाउने बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij