Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 372
    Shares

  • बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन  गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३५ प्रतिशत धेरै हो ।

    गत आवको सोही अवधिसम्ममा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबर कुल बीमाशुल्क संकलन गरेका थिए ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको दश महिनामा कम्पनीले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

    दोस्रो ठूलो हिमालयन लाइफ लाइफ इन्स्योरेन्सले १३ अर्ब ५१ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ र तेस्रो ठूलो बीमाशुल्क संकलन गरेको लाइफ इन्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ ।

    यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ अर्ब २७ करोड ४१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब ७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    प्राधिकरणको तथ्याङ्क अनुसार आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ संकलन गर्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ ।बैशाख मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस