Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प ३४ वटा कसुरमा दोषी ठहर

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प ३४ वटा कसुरमा दोषी ठहर

  • काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्। एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई  दोषी ठहर गरिएको हो । 

    भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।

    ट्रम्पले यो आदेशलाई कलंक भनी सो मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्।ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ।

    राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।

    अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म लिएको बयानमा बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि “चुप बस्न“ रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij