काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा) लाई पक्राउ गरेको छ । कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेको अभियोगमा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामालाई कान्तिपुर सहकारीको ६ अर्ब रुपैयाँ र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।