Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

लोकसभा निर्वाचनका कारण भारतमा नेपालीलाई क्यूआर कोड भुक्तानी सुविधामा ढिलाइ


२०८१, जेठ २० आइतबार

  • 459
    Shares

  • लोकसभा निर्वाचनका कारण भारतमा नेपालीलाई क्यूआर कोड भुक्तानी सुविधामा ढिलाइ

    काठमाडौं । भारतले  नेपालीहरूलाई डिजिटल भुक्तानी गर्न पाउने सुविधा उपलब्ध गराउन ढिलाई गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गएका बेला डिजिटल भुक्तानी सम्बन्धी विषयमा छलफल पछि बनेको सहमति अनुसार क्यूआर कोड मार्फत् भुक्तानीमा ढिलाइ भएको हो ।

    नेपाल राष्ट्र बैंकका पदाधिकारीहरूका अनुसार यसबारे भारतीय पक्षसँग ढिलाई बारे छलफल भइरहेको छ । ती अधिकारीहरूका अनुसार भारतीयहरूलाई नेपालमा क्यूआर कोड मार्फत् भुक्तानी सुविधा दिइँदै छ ।भारतीयहरूलाई गएको मार्च महिनाबाटै नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था सुरु भएको थियो।

    नेपालीहरूका हकमा पनि भारतीयहरूले त्यस्तै किसिमले भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने विश्वास भएपनि त्यसमा ढिलाइ भइरहेको छ ।क्यूआरकोड बाहेक व्यक्तिगत खातामा वास्तविक समयमा नै रकम जम्मा हुने व्यवस्था मिलाउनका लागि पनि काम भइरहेको अधिकारीहरू बताउँछन्।नेपाल राष्ट्र बैंकका  प्रवक्ता गुणाकर भट्टले यस विषयमा जानकारी सार्वजनिक गरे अनुसार राष्ट्र बैंकले नेपालीहरूलाई भारतमा क्यूआर कोडबाट भुक्तानी सुविधा दिलाउन पहल गरिरहेको छ ।


    नेपालबाट विदेशी विनियम सञ्चिति बाहिर जाने कुरा हो। विदेशी विनिमयसँगको व्यवस्था पनि सबै पालना गराउनुपर्ने भएकाले केन्द्रीय बैंकले  अलिक सतर्क भएर यो कार्यान्वयन गर्न लागेको हो ।हाल नेपालीहरूले भारतमा डेबिट कार्डमार्फत् दैनिक १५ हजार र महिनामा एक लाख भारतीय रुपैयाँसम्म खर्च गर्न पाउँछन्।

    भविष्यमा भारतमा क्यूआरमार्फत् गर्न पाइने कारोबारको सीमा त्यो डेबिट कार्डको सीमाभन्दा बढी नहुने गरी सुविधा नेपालीलाई प्राप्त हुनेछ ।क्यूआरमार्फत् भारतमा भुक्तानी गर्न सकिने प्रणाली कार्यान्वयन भए त्यसले नेपालबाट भारतमा घुम्न जाने पर्यटक, अध्ययन गर्न जाने विद्यार्थी र उपचारमा जाने मानिसहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।राष्ट्र बैंकले गत  वैशाखमा अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोडलगायतको प्रयोग गरी  इन्टनेट तथा अन्तरबैंक भुक्तानीसम्बन्धी एउटा मस्यौदा सार्वजनिक गरेको थियो।

    त्यसअघि नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि भारतको न्याश्नल पेमेन्ट कर्पोरेशन अफ इन्डिया अन्तर्गतको एनआईपीएल र नेपाल क्लियरिङ हाउसबीच सन् २०२३ को जुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

    त्यसमा एनआईपीएलको ’यूनाइटिड पेमेन्ट्स इन्टरफेस’ र एनसीएचएलको राष्ट्रिय भुक्तानी प्रणाली आबद्धता  सहजीकरण गर्ने सम्बन्धमा दुवै देशका केन्द्रीय बैंकहरू नेपाल राष्ट्र बैंक र रिर्जभ बैंक अफ इन्डिया समेत रहने नियामक संरचना गठन गरिएको थियो।

    सन् २०२४को फेब्रुअरी महिनामा सो संरचनाको कार्यादेश फाइनल गर्ने काम गरिएपनि  औपचारिक रूपमा डिजिटल बैंकिंङ कारोबार सुरु भइनसकेको अवस्था छ ।नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी सार्वजनिक गरे अनुसार  उनीहरू परीक्षणको काम सकेर त्यसको  अनुमोदनको प्रतिक्षा गरिरहेका छन् ।

    आफूहरूले सेवा दिन थालेपछि नेपालमा नै बसेर भारतको खातामा र भारतमा बसेर नेपालको खातामा मोबाइल बैंकिङ  प्रयोग गरेर रकम जम्मा गर्न सकिने सुविधा सेवाग्राहीलाई प्राप्त हुन्छ ।नेपाल राष्ट्र बैंकका  प्रवक्ता भट्टले  जनाए अनुसार क्यूआर कोड मार्फर्त नेपालमा औसत  दैनिक १४ लाख रुपैयाँ कारोबार भइरहेको  छ । एउटा निजी भुक्तानी प्ल्याटफर्म फोनपेका प्रमुख कार्यकारी दिवस सापकोटाले  जानकारी सार्वजनिक गरे अनुसार झन्डै ३ महिनाको अवधिमा नेपालमा भारतीयहरूले ६० हजार भन्दा बढी कारोबार फोनपेमार्फत् गरेका छन् ।

    यो कारोबारको परिमाण सवा अर्ब जति भइसकेको छ ।सबैभन्दा धेरै कारोबार ट्राभल टूर्स अनि होटल क्षेत्रमा भइरहेको छ। 
    भारतीय नीतिअनुसार भारतीय प्रयोगकर्ताले दैनिक एक लाख भारुसम्म क्यूआर कोडमार्फत् कारोबार गर्न पाउने भएका छन् ।
    भारतीय एक उच्च अधिकारीका अनुसार नेपालीलाई भारतमा क्यूआर भुक्तानी सेवा सुविधा भारतमा संघीय सरकारको  गठनका लागि भइरहेको लोकसभा निर्वाचनका कारण प्राप्त हुन ढिलाइ भएको छ । नयाँ सरकार बनेपछि यस विषयमा नेपालीलाई सो सुविधा उपलब्ध गराउन कार्य हुनेछ ।

    भारतमा ४ जुनका दिन मतगणना सार्वजनिक गरिने भएको छ ।ती  अधिकारीका अनुसार क्यूआर कोड भुक्तानीबाट निर्वाचनका बेला खेला हुन सक्ने भएर यस विषयमा निर्णय लिन ढिलाइ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस