Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रियसभामा राजस्व र व्ययमाथि छलफल जारी


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 498
    Shares

  • राष्ट्रियसभामा राजस्व र व्ययमाथि छलफल जारी

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ । राष्ट्रियसभाको आजको बैठकमा उक्त छलफलमा बजेटले निजी क्षेत्र, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा राम्रो भएको र कार्यान्वयन गर्ने पाटोमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको हुनाले समग्रमा राम्रो बजेट ल्याएको बताउनुभयो ।

    नेकपा (एमाले) का सांसद सुमित्रा विसीले बजेट आफैमा राम्रो भए पनि सोचेअनुरुप स्वदेशमै रोजगार र युवालाई स्वदेशमै राख्ने खालको आशावादी काम नभएको बताउनुभयो । नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले देशको दिगो विकास र सङ्घीय प्रणालीलाई सुधार गर्ने खालको बजेट भए पनि सङ्घीयता सबलीकरणमा ध्यान दिन जरुरी भएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमल्सिनाले सरकारले नीति ल्याउँदा राम्रो ल्याए पनि युवाहरुलाई धितो राखी राखी विदेश पठाउने काम आफूलाई ठीक नलागेको सुझाव दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का तारामान स्वाँरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष सबैलाई समेटिएको भए पनि सुदूरपश्चिममा आशा जगाउने खालको नभएको बताउनुभयो । नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले सरकारले नयाँ रोजगारीका उद्योगहरुको सञ्चालन गर्ने र दैनिक विदेशिएका युवालाई स्वदेशमा रोक्ने खालको बजेट भएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बजेटमा राम्रो नभएको र युवालाई रिट दिएर विदेश पठाउने काम राम्रो नभएको बताउनुभयो ।

    नेपाली कांग्रेसका सांसद युवराज शर्माले बजेटले प्राथमिकता र रुपान्तरणमा ध्यान दिएको नदेखिएको र पर्यटकको क्षेत्रमा समेत उल्लेखनीय बजेट नभएको सुझाव दिनुभयोे । नेकपा (एमाले) का सांसद रुक्मिणी कोइरालाले सरकारले ल्याएको बजेट समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने खालको भएको र अर्थतन्त्रको सुधार गर्ने खालको भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद मनरुपा शर्माले नीति क्षेत्रको मनोबल बढाउने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने खालको भएको र बजेटले समग्र देश तथा देशबासीको हितमा रहेको धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद कृष्णप्रसाद अधिकारीले सूचना प्रविधि, उद्योगिक विकास, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा बजेटले मार्ग कोरेको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज जारी रहेको छ । उक्त छलफलमा मङ्गलबार पनि रहनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।(रासस)

    प्रतिक्रिया दिनुहोस