Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

‘उद्योगी व्यवसायीलाई त्रसित बनाउन विभागले चाहेको छैन’: चक्रबहादुर बुढा महानिर्देशक राजस्व अनुसन्धान विभाग


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 768
    Shares

  • ‘उद्योगी व्यवसायीलाई त्रसित बनाउन विभागले चाहेको छैन’: चक्रबहादुर बुढा महानिर्देशक राजस्व अनुसन्धान विभाग

    काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले विभागले उद्योगी व्यवसायीलाई त्रसित बनाउन नचाहेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा महानिर्देशक  बुढाले  यस्तो बताएका हुन् ।

    बजारमा स्वस्थ प्रतिस्पर्धाका लागि विभागले काम गरिरहको बताउँदै  महानिर्देशक  बुढाले   अस्वस्थ प्रतिस्पर्धा कम गरेर स्वस्थ व्यावसायिक वातावरण सिर्जना बताए ।

    यस्तै उनले ८ सय बढी गाडी नियन्त्रणमा लिएर छुटाएको पनि बताए ।

    भन्सार जाँचपास भइसकेका गाडी पुनः जाँच हुने अभ्यासको प्रश्न उठेपछि उनले विशेष सूचनाका आधारमा भन्सार महसुल नतिरेकाको मात्रै चेकजाँच हुने गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस