Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आबद्ध नेविसंघका विद्यार्थीहरूले जलाएर सरकारी गाडी


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 468
    Shares

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आबद्ध नेविसंघका विद्यार्थीहरूले जलाएर सरकारी गाडी

    काठमाडौं / नेपाली कांग्रेस निकट विद्यार्थी संगठन आबद्ध भनिएका एक समूहले विराटनगरमा एक सरकारी गाडी आगजनी गरेको छ । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै सो विद्याथीे समूहले  आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएको हो ।

    नेपाल विद्यार्थी संघ आबद्ध ती विद्यार्थीहरुले यसका साथै  नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्री  नगरप्रहरीमाथि हातपात गरेका थिए । सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सबै नेविसंघ आबद्ध विद्यार्थीहरू भएको बताइएको छ ।

    इसविद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए ।आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको  प्रहरीले जनाएको छ ।

    तोडफोड गरिएका नेपाल विद्युत प्राधिकरणका गाडीहरूमा   बा१ञ १८८७,  को१ञ २४१९, प्रदेश १–००१ ञ २७०१,  प्रदेश १–००१ ञ २७९० र  ८१८० रहेका छन् ।रंगेलीमा निजी विद्यालयले मनोमानी शुल्क लिएको र  शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते नेविसंघले ज्ञापन पत्र बुझाएका थिए । नगरपालिकाले चासो नदिएको भन्दै विद्यार्थीहरूले गत बिहीबार हातपातमा गरेको जनाइएको छ ।

    घटनामा संलग्न भएको आरोपमा प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव,  २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो । दीपक नेविसंघबाट महेन्द्र मोरङ स्ववियु सदस्य निर्वाचित भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस