Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट सुविधा उपलब्ध

  • काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी  अर्जुन राज खनियाले एक विज्ञप्ति मार्फत् जनाएका छन् ।

    उनका अनुसार यस बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्ने छन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस एप मार्फत भुक्तानी गर्नु पर्नेछ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij