Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

गोंगबुबाट बरामद सवा चार करोड नगद,  ९ किलो  बढी सुन र गरगहनासहित विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइँदै

गोंगबुबाट बरामद सवा चार करोड नगद,  ९ किलो  बढी सुन र गरगहनासहित विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइँदै

  • काठमाडौँ । गोंगबुबाट बरामद सवा चार करोड नगद,  ९ किलो  बढी सुन र गरगहनासहित विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाउन लागिएको छ । प्रहरीले राजस्व अनुसन्धान विभागमा थप अनुसन्धान र कारबाहीका लागि सवा चार करोड नगद, ९ किलो बढी सुन र गरगहना  पठाउन लागेको हो ।

    काठमाडौंको गोंगबु क्षेत्रमा ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा मंगलबार दिउँसो प्रहरी पुगेको थियो। विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर  त्यहाँबाट चार करोड २५ लाख ५० हजार रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी सार्वजनिक गरेका छन् । ठूलो रकम बरामद भएपछि प्रहरीले बैंकबाट नगद गन्ने मेसिन ल्याएको थियो।

    घर धनी विनोदले पैसा मिटरब्याजमा लगाउने र सुन धितोका रूपमा लिने गरेको प्रहरीले जनाएको छ  ।  बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

    मंगलबार सोही घरमा थप खोजतलाश  गर्दा प्रहरीले विभिन्न गरगहना पनि बरामद गरेको थियो । सुनका गहना मात्रै ९ किलोभन्दा बढीको बरामद भएको जनाइएको छ । 
    चाँदीका गरगहना पनि ३ किलोभन्दा बढी भएको प्रहरीले बताएको छ।

    मंगलबार विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली विनोदको घरमा छापा मार्न पुगेको थियो ।

    प्रहरीले बरामद गरेको उक्त रकम र सुनबारे आन्तरिक आवश्यक अनुसन्धान गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी गरेको हो । प्रहरी स्रोतका अनुसार कुनै पनि बेला बरामद गरिएको नगद र सुन राजस्व अनुसन्धान पठाइने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij