काठमाडौं । पोखरामा सञ्चालित सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका छन् । मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सो सहकारीका पूर्वअध्यक्ष पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी छन् ।
शुक्रबार पक्राउ परेका उनीहरूलाई वडा प्रहरी कार्यालय गगनगौडले दुवै जनालाई आइतबार अदालत पेश गरेको छ ।