Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध मुद्दा दायर

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध मुद्दा दायर

  • काठमाडौं ।  पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटलाको रूपमा प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा डेढ अर्ब बढी बिगो र १२ वर्ष सम्मको जेल सजाय मागदाबी सहित मुद्दा दायर गरिएको हो ।

    प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनालाई प्रतिवादी बनाइ आइतबार मुद्दा दायर ग¥यो ।सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि र व्यवस्थापक निरु थापाको योजनामा नागरिकले राखेको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खाता खोलेर रकम हिनामीना गर्ने, एजेन्ट नै राखेर मिटर ब्याजमा लगाउने तथा ऋणीबाट घरजग्गा उठाउनेजस्ता कार्य गर्ने सञ्चालक, मिटर ब्याजी र सरकारी कर्मचारीलाईसमेत मुद्दा लगाइएको छ ।

    प्राइम सहकारीका सीईओ पौडेल, व्यवस्थापक थापासहित अहिलेसम्म ९ जना पक्राउ परेकोमा कानुनी सल्लाहकार ईन्द्र बराल बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा भए । पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष शंकर कार्की, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, मिटरव्याजी मनबहादुर गुरुङ (माने), उत्तम गुरुङको सोमबारबाट अदालतमा बयान छ । बाँकी आरोपी फरार छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij