Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

त्रिभुवन विमानस्थलबाट उड्ने दिउँसोका उडान समय ढिला हुन सक्ने, संकटकालीन अभ्यास हुँदै


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 633
    Shares

  • त्रिभुवन विमानस्थलबाट उड्ने दिउँसोका उडान समय ढिला हुन सक्ने, संकटकालीन अभ्यास हुँदै

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सोमबार उडान भर्ने उडान निर्धारित समय भन्दा केही ढिला गरी उड्ने भएको छ ।संकटकालीन योजना अभ्यासका लागि त्रिभुवन विमानस्थलको उपयोग हुने हुँदा निर्धारित उडानहरूमा आधा घन्टासम्मको ढिलाइ हुने भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा आज दिउँसो साढे १ देखि २ बजेसम्म विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास हुन लागेको हो ।

    सो अवधिमा परेका उडान सेवा र त्यसपछिका सेवाहरू प्रभावित हुने भएको विमानस्थलले जानकारी सार्वजनिक गरेको छ । विमानस्थलको नियमिति कारबाही भने बन्द नहुने जनाइएको छ ।आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिसकिएको छ ।

    प्रतिक्रिया दिनुहोस