Logo

Jun 26 2024 | २०८१, असार १२गते

images

सहकारी अपचलन छानबिन गर्न बनेको संसदीय समितिको  औपचारिकरूपमा काम गर्न कार्यविधि फाइनल


नया सडक

२०८१, असार २ आइतबार

  • 240
    Shares

  • सहकारी अपचलन छानबिन गर्न बनेको संसदीय समितिको  औपचारिकरूपमा काम गर्न कार्यविधि फाइनल

    काठमाडौं । विभिन्न सहकारीमा भएको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची निर्धारण गरेको छ । नयाँ बानेश्वरमा आइतबार बसेको सो समितिको बैठकले कार्यविधि अनुसार कार्यसूची बनाएको  हो ।

    images

    पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची  निर्धारण गरिएको समितिका सभापति सूर्य थापाले जानकारी सार्वजनिक गरेका छन् । 

    उनका अनुसार  समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी पूरा गरिसकेको छ ।उनका अनुसार बैठकमा समितिका सदस्यहरू बाहेक यसको कार्यादेश टिओआरमा हस्ताक्षर गरेका माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सहमहामन्त्री जीवन परियार, कांग्रेसकै प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी  थिए 

    प्रतिक्रिया दिनुहोस