Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ५ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, असार ५ बुधबार

  • 405
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार ५ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ५ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    समस्याग्रस्त कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको बचत रकम फिर्ता

    काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ । 

     

    सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

     

    समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री अधिकारी र मन्त्रालयसँगको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिनुभयो ।

    शेयर बजार : नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा ,३ अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा आएको छ । आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । 

    यस दिन ३०८ कम्पनीको ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड २३ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र ग्लोबल आइएमई लघुवित्त परेका छन् ।

    नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयन अन्तर्वार्तामा तीन जना आजपनि अनुपस्थित भएपछि कानुनी  प्रक्रिया अघि बढाइने

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रिया अन्तर्गत आजपनि छनौट भएका तीनले अन्तर्वार्तामा नआएपछि कानुनी प्रक्रिया अघि बढ्ने भएको छ ।छनौट भएका पाँच जना मध्ये यसअघि अनुपस्थित भएका तीन जनालाई  दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा  अनुपस्थित भएकाले सो सम्बन्धी कानुन प्रक्रिया अगाडि बढ्ने भएको हो ।

    अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।

    सिटिजन बैंक इन्टरनेसनलको २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार २४३ दशमलव ३३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले असार ५ गतेदेखि प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्य तोकेर यी शेयर विक्रीमा ल्याएको हो ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    आदर मल्टी ईन्भेटमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्याफिटललाई नियुक्त गरेको छ । 
    असार २ गते आयोजित कार्यत्रममा कम्पनीका तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १.२५ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.२५ विन्दुले बढेको छ । यससँगै सूचक २०७७.७४ अंकमा आएको छ । ८ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १ हजार २ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

    सूर्यज्योति लाइफको ५ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । तोकिएको अवधिमा खरिद आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    ड्राईफ्रुटको ठुलो कारोबार गर्ने मख्खनको भवानी एन्ड भगवती ट्रेडर्समा राजस्वको छापा, ड्राईफ्रुटका ठुला कारोबारीहरू भागाभाग !

    काठमाडौं । ड्राईफ्रुट तथा मसलाजन्य वस्तुहरूको ठुलो कारोबार गर्ने मख्खनको एक पसलमा छापा हानेको छ । काठमाडौंको मख्खनस्थित याट्खामा रहेको भवानी एन्ड भगवती ट्रेडर्समा राजस्व अनुसन्धान विभागले मंगलबार छापा हानेको हो ।

    रमेश अग्रवाल तथा उनका परिवारका सदस्यहरूले सञ्चालन गर्दै आएको भवानी एन्ड भगवती ट्रेडर्सले ड्राईफ्रुट तथा मसालाजन्य वस्तुहरूको आयात तथा बिक्री वितरण गर्दा ठुलो मात्रामा भन्सार राजस्व छलेको आशंकामा राजस्व अनुसन्धान विभाग हरिहर भवनको टोलीले छापा हानेर कारोबारस्थल सिल गरेको छ । विगत लामो समयदेखि ड्राईफ्रुट तथा मसलाजन्य वस्तुहरूको कारोबार गर्दै आएका रमेश अग्रवालले छोटो समयमा मोटो रकम कमाएको उनी निकट स्रोतले नयाँ सडकलाई बतायो ।

    प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

    काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह,  प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

    ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क

    पाटन । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ ।

     

    महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ । 

     

    प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ ।

    बैंकिङ क्षेत्रमा जोखिमको सम्भावना रहेकोले सतर्कता अपनाउन राष्ट्र बैंकको भनाइ

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जोखिमको रहेकोले सतर्कता अपनाउन  भनेको छ ।बैंकहरुको सम्पत्तिको गुणस्तर अर्थात् ऋणको धितो खस्किँदा बैंक तथा वित्तीय संस्थाहरूको स्थायित्वमा चुनौती थपिएको जनाउँदै राष्ट्र बैंकले यस्तो जनाएको हो ।

    राष्ट्र बैंकले बुधबार  सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदनमा  ऋणको उच्च ब्याजदरले समग्र माग घटेको तथा यही कारणले व्यवसायहरुमा वित्तपोषणको चुनौती बढेको जनाइएको छ ।उच्च ब्याजदरका कारण ऋणको माग घटेर  बैंकहरुको वासलातमा नकारात्मक प्रभाव परेको छ ।  राष्ट्र बैंकले यही कारण नाफा घटेर निष्क्रिय ऋण बढेको सो प्रतिवेदनमा जनाएको छ ।बैंक तथा वित्तीय संस्थाहरू मर्जरका कारण बढ्दो जोखिम नियमनमा सतर्कता अपनाउनुपर्ने आवश्यकता  राष्ट्र बैंकले औँल्याएको छ ।

    शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

    काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।

     

    बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । 

     

    दुधको भुक्तानी दिन माग गर्दै बिरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

    काठमाडौं ।  दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले बिरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम रहेको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय ५ रुपैयाँ कायम भएको छ । 

     
     
     
     
     
     
     

     

     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस