Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

सहकारी पीडितले ७७ करोड बढी रकम फिर्ता पाइसकेको प्रधानमन्त्रीको जवाफ

सहकारी पीडितले ७७ करोड बढी रकम फिर्ता पाइसकेको प्रधानमन्त्रीको जवाफ

  • काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सहकारी पीडितहरूलाई ७७ करोड बढी रुपैयाँ बचत रकम  सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले उठेको सवालको जवाफ दिने क्रममा यस्तो जनाएका हुन् ।

    सहकारीसम्बन्धी  नेपाली कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व एकिन गरी यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको बताए । 

    सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत वचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले  तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी बचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij