Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ६ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, असार ६ बिहीबार

  • 465
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार ६ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ६ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

    कम्पनीको गत बुधवार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम १ हजार रुपैयाँका दरले २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार इकाई डिबेन्चर निष्कासन गर्ने निर्णय गरेको हो । 

    ८ वर्षे अवधि रहने सो डिबेन्चरको ब्याजदर ९ प्रतिशत र ६र६ महीनामा भुक्तानी हुने गरी जारी गरिने पनि कम्पनीले बताएको छ ।

    आत्मनिर्भर लघुवित्तको ६२ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

    कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    शेयर बजार : नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा ,३ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा आएको छ । यस दिन ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स समूहमा बढी चमक आएको छ । म्युचुअल फन्ड समूह पनि बढेको छ । आज अरु समूहका सूचक भने घटेका छन् ।

    यस दिन ३०६ कम्पनीको ८६ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सीइडीबी हाइड्रोपावर परेका छन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १६.३७ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.३७ विन्दुले बढेको छ । यससँगै सूचक २०९५.१३ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १ हजार ७ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

    नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बिहीबार असार ६ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज गते  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    प्रभु महालक्ष्मीको ५ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ ।  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा ४ लाख २३ हजार ७२५ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यसमा आज (असार ६ गते) देखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा  के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    एलआइसी नेपालको साधारण सभा असार १३ गते

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी)नेपालले असार १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

    साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    १५ लाख जति नेपाली रुपैयासहित भारतीय नागरिक मोइटरसाइकलसहित पक्राउ

    काठमाडौं।  सशस्त्र प्रहरीले  स्रोत नखुलेको रकमसहिते एक जनालाई नियन्त्रणमा लिएको छ। भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएकोछ । 

    बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइयो ।

    सन्धिखर्क ,रेसुंगा र तम्घास जोड्ने १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न ,तम्घास सबस्टेसन सञ्चालनमा

    काठमाडौं । सन्धिखर्क, रेसुंगा र तम्घास जोड्ने १३२ किलोभोल्ट केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुंगा नगरपालिका–७ र  तम्घासको उनायचौरसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।यो प्रसारण लाइनअन्तर्गतको उनायचौरमा १३२ केभी तम्घास सबस्टेसनको  पनि  निर्माण पूरा भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्यायो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन्छ ।

    सुनको मूल्य तोलामा छ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १८ सय ४० रुपैयाँ कायम भएको छ ।

    एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

    मनिला । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।

    रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो । 

    कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

    आइतबारसम्म देशभर मनसुन फैलिने

    काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

    महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उहाँले जानकारी दिनुभयो ।

    १५ करोड बढी मूल्य बराबरको कोकिनसहित चार जना विदेशी पक्राउ

    काठमाडौं । साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरु प्क्राउ परेका छन् ।  लागु औषध नियन्त्रण ब्यूरोले कोकिनसहित पक्राउ गरेकाहरूमा  तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी हुन् ।

    लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर  आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको जानकारी दिए । सो कोकिनको बजार मूल्य १५ करोड ७६ लाख जति हुन्छ ।६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुलमा १ केजी २०६ ग्राम  निलेर काठमाडौँ आएका हुन् । डोनाल्डको पेटबाट प्रहरीले क्याप्सुल निकालेर उनलाई प्रहरी अस्पतालमा उपचार गराइरहेको छ ।

    श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

    चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । 

     

    श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

    सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै उहाँले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पार्नुभयो ।

     

    “समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी ९बचत फिर्तासमेत० को कार्य अघि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ ।”

    बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको विश्वास

    परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभएको भएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–९मुग्लिन० भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत धार्मिक तथा सामाजिक सदभाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो । सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको उहाँको भनाइ थियो ।

    अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा

    काठमाडौँ। नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र पर्नुभएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका थापा हाल बेलायतमा बस्दै आउनुभएको छ ।

    विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

    काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो । 
     
     विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो ।

     

     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

    प्रतिक्रिया दिनुहोस