Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

लाएन्स क्लबअफ काठमाडौ चाबहिल सिटिको २१ औ हाईकिङ सम्पन्न


२०८१, असार ९ आइतबार

  • 1.1k
    Shares

  • लाएन्स क्लबअफ काठमाडौ चाबहिल सिटिको २१ औ हाईकिङ सम्पन्न

    काठमाडौ । लाएन्स क्लब अफ काठमाडौ चाबहिल सिटि ले २१ औ हाईकिङ सम्पन्न गरेको छ । क्लवले स्वास्थ्यकालागि हाइक’ स्वास्थ्यकोलागि पदयात्रा पर्यावरणकोलागि पदयात्रा , खुशीकोलागि पदयात्रा भन्ने नारा लिएर हाइकिङ गराइरहेको छ । काभ्रेको धुलिखेल  हजार सिढिबाट सुरु भएर देवीडाडा, काभ्रेभन्ज्याङ हुदै नमोबुद्धमा गएर समापन गरिएको थियो ।

    lio3.jpg

    चाबहिल सिटिका अध्यक्ष जिम्बा जाम्बु शेर्पाले यसकार्यक्रम कोबारे जानकारी दिदै आगामि दिनमा हाइकिङ लाई अझधेरै जनमानसमा प्रचारगरि लैजाने बताउनु भयो । काठमाडौं उपत्यकामा मात्र नभई देश भरिनै हाइकिङ एउटा संस्कृतिको रुपमा विकास भइरहेको छ । विदाका दिनमा वरपरका डाँडापाखामा भेटिन्छन् हाइकर्सहरु ।

    lion4.jpg

    सामान्यतया एकदिन हिड्नुलाई हाइकिङ र एक भन्दा बढी दिन हिँड्नुलाई ट्रेकिङ भनिन्छ ।  हाइकिङगर्दा शरिरको परिक्षण हुनुका साथै स्वस्थ्यकालागि निकै फाइदा पुग्ने हाइकर्स अर्जुन होडाले बताउनु भयो ।  नमोबुदको डाँडाबाट मकालु, चोयु, गौरीशंकर, दोर्जे लाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमालहरु झलमल्ल देखिन्छ । त्यहाँबाट हरिया डाँडै डाँडा र सुन्दर बस्तीहरु साथै पनौती, बनेपा , धुलिखेल र  पाचखालका दृश्यहरु मज्जाले देखिन्छ । अझ धुलिखेलको सिढि चढ्दै गर्दा चराचुरुङ्गीको आवाज र जंगलको शितलताले त झन मनलोभ्याउने जिम्बा जाम्बु शेर्पाले बताउनु भयो ।

    lion2.jpg

    शेर्पाका अनुसार लायन फर हाइक नामदिइएको उक्त अभियान लायन्स सदस्यको स्वास्थ्यको लागि सिग्नेचर प्रोग्राम समेत रहेको छ । लायन सदस्यका लागि बाडिने टि–सर्ट हाइकिङमा प्रयोग गर्न र झोला बाटोमा भेटिएका फोहोर टिप्न प्रयोग गर्नु पर्ने छ । शेर्पा २०२३ देखि क्लब अध्यक्षको रुपमारही निरन्तर समाजसेवामा लगिरहनु भएका छ । 

    प्रतिक्रिया दिनुहोस