Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images
अन्तःशुल्क स्टिकर छापाइमा अनियमितता

मुख्य सचिवसहित ९ जना कर्मचारी विरुद्ध मुद्दा दर्ता ,  मुख्य सचिव अर्याल स्वतः निलम्बित

मुख्य सचिवसहित ९ जना कर्मचारी विरुद्ध मुद्दा दर्ता ,  मुख्य सचिव अर्याल स्वतः निलम्बित

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था रहेको छ । नेपालको निजामती इतिहासमा  बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको यो सम्भवतः पहिलो पटक हो ।आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा अर्याल संलग्न थिए ।

    अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij