Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

दरमखोला हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री खुला गर्‍यो

दरमखोला हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री खुला गर्‍यो

  • काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (IPO) निष्कासन गरेको छ। कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीमध्ये ३८.३३ प्रतिशत, अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

    यसअन्तर्गत, कम्पनीले कुल १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजनास्थल आसपासका स्थानीयहरू—गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बडीगाउँ गाउँपालिकाका बासिन्दाका लागि सार्वजनिक बिक्रीमा ल्याएको हो।

    प्रत्येक कित्ता सेयरको मूल्य १ सय रुपैयाँ तोकिएको छ। योग्य स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले निर्धारण गरिएको अवधिमा आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij