Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

काठमाडौंमा सहकारी पीडितहरूको विरोध प्रदर्शन, दोषीलाई कारबाही गरी रकम फिर्ताको माग


नया सडक

२०८१, असार १० सोमबार

  • 360
    Shares

  • काठमाडौंमा सहकारी पीडितहरूको विरोध प्रदर्शन, दोषीलाई कारबाही गरी रकम फिर्ताको माग

    काठमाडौं । सहकारी संस्थाका पीडितहरुले खाजा खाना औषधि लिएर काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा पीडितहरुले आज सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

    युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी पीडितहरूले  नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी भएका छन् ।प्रदर्शनकारीहरूले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पीडितहरुको प्रदर्शनलाई सम्बोधन पनि गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस