काठमाडौं । आगामी कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले सूचना जारी गरी यस्तो जनाएको हो ।
विमानस्थल कार्यालयलका अनुसार धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले पाँच महिनासम्म यो व्यवस्था लागू गर्न लागिएको सूचनामा छ ।
सूचनामा अनुसार कात्तिक २३ बाट चैत १८ सम्म त्रिभुवन विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने छ । विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ ।
काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्ने छ ।