Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

मौद्रिक नीति थप लचिलो आउने गभर्नर अधिकारीको भनाइ

मौद्रिक नीति थप लचिलो आउने गभर्नर अधिकारीको भनाइ

  • काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आउने मौद्रिक नीति थप लचिलो आउने बताएका छन् ।विगतमा विदेशी मुद्रा सञ्चिति घटदो अवस्थामा रहेकाले  डेढ वर्षदेखि अपनाइएको कसिलो मौद्रिक नीति बाध्यता भएको बताउँदै गर्भनर अधिकारीले पछिल्लो समय नीति नरम हुन थालेको बताएका हुन् ।

    नेपाल व्यवस्थापन संघले सोमबार आयोजना गरेको आगामी मौद्रक नीतिका बारेमा आयोजित कार्यक्रममा गर्भनर अधिकारीले मौद्रिक नीतिमा थप लचकता अपनाइने धारणा सार्वजनिक गरे ।निर्माण क्षेत्रमा समस्या रहेकाले शिथिलता चिर्न आगामी बजेट आएको बताउँदै उनले  त्यसलाई त्यसलाई सघाउने गरि मौद्रिक नीति आउने बताए ।

    बैंकमा रहेको मौज्दातालाई सदुपयोग गर्न व्यापारीहरूलाई आग्रह गर्दै गर्भनर अधिकारीले अतिरिक्त नयाँ संयन्त्रको निर्माण गरेको बताए । अतिरिक्त संयन्त्रबाट हामीलाई नयाँ प्राविधिक सहयोग प्राप्त हने बताउँदै मौद्रिक नीति थप लचिलो हुने विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij