Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

मेलम्चीको पानी धमिलिन थाल्यो, मेलम्ची खानेपानी आयोजना बन्द


नया सडक

२०८१, असार ११ मंगलबार

  • 402
    Shares

  • मेलम्चीको पानी धमिलिन थाल्यो, मेलम्ची खानेपानी आयोजना बन्द

    काठमाडौं । मेलम्चीको पानी धमिलिन थालेपछि मेलम्ची खानेपानी आयोजनाको पानी बन्द गरिएको छ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको हो । मेलम्ची नदीको बहाब बढेर बाढी आएर पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ ।

    माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पु¥याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आपूर्ति बन्द गरिएको हो । गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन् । समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । तर नदीमा पानीको वहाब नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस