Logo

Jun 28 2024 | २०८१, असार १४गते

images

जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै


नया सडक

२०८१, असार ११ मंगलबार

  • 162
    Shares

  • जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै

    पेरिस । विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । 

    images

    यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको छ ।  

    हालैका वर्षहरूमा अगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । 

    मौसमी अवस्था सहित धेरै कारकहरूको अध्य्यनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ । 

    तर समग्रमा, जङ्गलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढीरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भन्नुभयो ।

    जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।  

    संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

    डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताउनुभयो ।  

    “हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौँ । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भएतापनि जलवायु परिवर्तन एक प्रमुख चालक हो“, “, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस