Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

बीवाईडीका मालिक अकस्मात् मोटरबाटो किन छिरे नेपाल?


नया सडक

२०८१, असार ११ मंगलबार

  • 639
    Shares

  • बीवाईडीका मालिक अकस्मात् मोटरबाटो किन छिरे नेपाल?

    काठमाडौं ।  उत्तरी सीमासँग जोडिएको विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको रूपमा विकसित चीनका एक खर्बपति तथा बीवाईडी गाडी निर्माता कम्पनीका मालिक अकस्मात मोटरबाटो नेपाल छिरेरको चर्चा चलिरहेको छ ।चीनको ग्वान्जाओका ५४ वर्षीय युआन मोइफु आफ्नी पत्नीसँगै तिब्बतको मोटरबाटो हुँदै साढे तीन हजार किलोमिटरको दूरी तय गरी नेपाल छिरेर शनिबार फर्किनु आफैँमा चर्चाको विषय नै हो ।

    केही घन्टाको हवाईबाटो आएर हवाईबाटो फर्किन सक्ने कुरो सहज हुँदाहुँदै  त्यसो नगरी मोटरबाटो भएर आएकाले चर्चा हुनु स्वाभाविक हो ।तर राजस्व अनुसन्धान विभागसम्बद्ध एक स्रोतका अनुसार बीवाईडीको नेपालस्थित एजेन्टको कार्यालयमा छापा मारिएको घटना यो भ्रमणको पछाडिको सर्वाधिक महत्वपूर्ण कारण रहेको छ ।नेपालस्थित बीवाईडी कम्पनीको बिक्री वितरण गर्ने जिम्मा पाएको साइमेक्स कम्पनीमा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । यसपछि बीवाईडीका मालिक युयानको सडकबाटोको आगमन हो । उनले पशुपतिको जात्रा सिद्राको व्यापार नेपाली उखानलाई चरितार्थ गर्दै यो भ्रमण गरे ।

    छापामारी हुनु भनेको कम्पनीको साखमा ह्रास ल्याउने काम भएको उनको बुझाइ रहेको हुनुपर्छ । हवाई मार्गबाट आएको भए यो विषयले बढी चर्चामा आउन सक्ने भएर व्यापारिक प्रयोजनले सडकमार्गको बिन्दास यात्रा गरी नेपाल फर्केको स्रोतको भनाइ छ ।
    युयानले भ्रमणका क्रममा केही उच्चपदस्थ अधिकारीहरूसँगको भेटघाट भएको हो ।तिब्बतमा युयानलाई सडकबाटो सहजै थियो । नेपाली सीमामा प्रवेश गरेपछि उनले कठिनाइको अनुभव गर्नु प¥यो । तिब्बती सडकमा दुई घन्टा अढाई घन्टाको बाटो नेपाली भूमिमा ७ घन्टा लागेपछि कोही सहज अनुमान गर्न सक्दैन् ।केरुङ–काठमाडौंको बाटो भएर शनिबार नेपाल भ्रमण सकी फर्केका बीवाईडीका मालिकलाई सडकबाटोको उबडखाबड मात्रै महसुस गराएन राजस्व अनुसन्धान विभागद्वारा गरिएको छापामारीले व्यवसायको राजमार्गमा पनि रोडब्रेकरको अनुभव गराएको होला ।

    चिल्ला गाडीका सौकिन बीवाईडीका मालिकले यो साता गाडी व्यापारको राजमार्गमा हालिएको रोडब्रेक हटाउन गरेको प्रयास अन्तर्गत नेपालको भ्रमण गरेका हुन् ।बीवाइडी नेपालमा लोकप्रिय कार मध्ये एक पर्छ । बीवाइडीको नेपालमा आधिकारिक डिलरसीप छ भन्ने कुरो तिब्बत आएपछि भएको जानकारी सार्वजनिक गरेको कुरालाई राजस्व अनुसन्धान विभागका ती अधिकारीले व्यापारिक स्टन्टको नाम दिन्छ । ठुलाबडाले यस्ता स्टन्ट दिने गरेको बताउँदै उनले वास्तवमा छापामारीको प्रभावलाई शून्य बनाउन गरिएको भ्रमण भएको बताए ।नेपाल आएको मौका पारेर बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उनले ल्याएको गाडीलाई  आफ्नो शोरुममा डिस्प्लेसम्म ग¥यो । 

    साइमेक्सले यो मौकाको सदुपयोग गर्ने अवसर  जान दिन हुँदैन्थ्यो र उसले त्यसो ग¥यो । स्वाभाविकरूपमा बीवाईडीजस्ता कम्पनीको मालिक मोटरबाटो भएर नेपालको भ्रमण गर्नुका अन्य जेसुकै गरी अथ्र्याइएको भएपनि भ्रमणको क्रममा भएका ठुलाबडा बीचको भेटघाटले दुई देशबीचको व्यापारिक कूटनीतिकलाई बलियो पारेकोमा शंका गर्न नसकिने राजस्व विभागका ती अधिकारीले बताए ।
    चिनियाँ सरकारले नेपाललाई विशेष महत्वको साथ हेरिरहेको र व्यवहार गरिरहेकै बेला बीवाईडीका मालिकको यो भ्रमणलाई त्यसै गरी हेर्नुपर्ने उनको भनाइ छ । चीनका व्यापारीहरूको सम्बन्ध कूटनीतिक र राजनीतिक सम्बन्धसँग जोडिएको सर्वाधिक चर्चित प्रसग ह्वावे र क्यानडा सरकारबीचको विवाद सबैका अगाडि छँदैछ । टिकटकको अमेरिका विवाद नेपालसँग आइपुगेको धेरै भएको छैन् । यस्तोमा अनुसन्धान विभागको छापामारी पछि बीवाईडीका मालिकको नेपाल भ्रमणलाई सहज रहरले भएको भ्रमण थियो भन्न नहुने अनुसन्धान स्रोतको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस