Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ध्यान किन गएन ?

राजस्व अनुसन्धान विभाग परिसरमा मालवाहक कन्टेनर/गाडीको लाइन, उद्योगी /व्यापारीलाई सास्ती नै सास्ती


२०८१, असार १२ बुधबार

  • 4.0k
    Shares

  • राजस्व अनुसन्धान विभाग परिसरमा मालवाहक कन्टेनर/गाडीको लाइन, उद्योगी /व्यापारीलाई सास्ती नै सास्ती

    काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसर मालवाहक कन्टेनर/गाडीले भरिएको छ ।विभिन्न भन्सार बिन्दुहरूबाट  भन्सार भएर  आएका मालवाहक सवारी साधनहरूको विभागले समयमै परीक्षण नगर्दा विभाग परिसर मालवाहक कन्टेनर र गाडीहरूले भरिभराउ भएको हो ।

    विभिन्न भन्सार बिन्दुहरूबाट भन्सार मूल्यांकन र राजस्व छलीको आशंकामा प्रहरी र राजस्व अनुसन्धान विभागको स्वयम् गश्तीले ल्याएका मालवाहक कन्टेनर तथा गाडीहरू राजस्व अनुसन्धान विभागको परिसरमा मात्रै होइन परिसर बाहिरसमेत  गाडीको लाइन रहेको छ ।

    g2.jpeg

    माँ दुर्गा ट्रान्सपोर्ट कम्पनीले ल्याएका आधा दर्जन गाडीहरू राजस्व अनुसन्धान विभाग परिसरमा छन् ।  विशाल ग्रुप अन्तरगतका सिस्टर कम्पनीले आलु, चिप्स र कुरकुरेलगायतका वस्तुहरू ल्याएका आधा दर्जन मालवाहक गाडी पनि राजस्व अनुसन्धान विभागमा छन् । यसैगरी एनएसजी ट्रेडिङ प्रालिले ल्याएको कन्टेनर विगत केही दिनदेखि राजस्व अनुसन्धान परिसरमा  छ । राजस्व अनुसन्धान विभाग परिसरमा गाडीबाट मालवस्तु झारेर असरल्ल अवस्थामा रहेको देख्नसकिन्छ ।

    g3.jpeg

    वर्षाको समयमा यसरी मालवाहक गाडीहरू चेक गर्दा  सामान लोड अनलोड गर्दा सामानहरू भिज्ने, टुटफुट हुने , ड्राइभर र सहचालकहरूलाई अतिरिक्त भत्ता र खानपानको व्यवस्था गर्नुपर्ने, मालवाहक गाडी/कन्टेनरको हरेक दिनको डिटेन्सन चार्ज तिर्नुपर्नाले आफूहरू हैरानीमा परेको एक ट्रान्सपोर्ट कम्पनीका सञ्चालकले बताएका छन् ।

    राजस्व अनुसन्धान विभागमा ल्याइएका गाडीहरू हप्ता दिनसम्म पनि नछाडिएको उदाहरणहरू छन् । राजस्व अनुसन्धान विभागले मालवाहक गाडी /कन्टेनरहरू विभिन्न  ट्रान्सपोर्ट कम्पनीहरूले ल्याएपनि ती कन्टेनरमा  आएको समानहरूको वास्तविक मालिकलाई नै झिकाउन लगाउने हुनाले  आफूहरू थप हैरानीमा परेको ती ट्रान्सपोर्ट कम्पनीका सञ्चालकले बताएका छन् ।

    पछिल्लो समय राजस्व अनुसन्धान विभाग, प्रहरी र अन्य संयन्त्रबाट मालवाहक गाडी कन्टेनरहरू अत्यधिक संख्यामा ल्याइएको छ ।
    समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले  हरेक मालवाहक गाडी /कन्टेनरहरूबाट अतिरिक्त रकम असुल्ने गरेको छ । यस सम्बन्धमा राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विभागका महानिर्देशक चक्रबहादुर बुढाको फोन स्विच अफ भएको थियो ।

    g1.png

    g5.jpeg

    g6.jpeg

    प्रतिक्रिया दिनुहोस