Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो


नया सडक

२०८१, असार १३ बिहीबार

  • 447
    Shares

  • नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाखको तुलनामा जेठमा बढेको छ । जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ न्याभ जेठ मसान्तमा २८ पैसाले बढेर १० रुपैयाँ २१ पैसा कायम भएको छ ।

    नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ जेठ मसान्तमा ३१ पैसाले बढेर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
    यो फन्डको बैंक मौज्दात भने १४ करोड ४२ लाख रुपैयााबाट घटेर १० करोड ४० लाख रुपैयाँमा झरेको छ । जेठ मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ १ करोड ७२ लाख रुपैयाँ नाफामा रहेको छ ।

     नबिल फ्लेक्सी क्याप फन्डको न्याभ जेठ मसान्तमा ३२ पैसाले बढेर १० रुपैयाँ १८ पैसा कायम भएको छ । वैशाखमा यस फन्डको न्याभ ९ रुपैयाँ ८६ पैसा थियो । यस फन्डले जेठ मसान्तसम्म ३९ करोड ९१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
    नबिल फ्लेक्सी क्याप फन्डको न्याभ जेठ मसान्तमा ३२ पैसाले बढेर १० रुपैयाँ १८ पैसा कायम भएको छ ।यो फन्डको जेठसम्म बैंक मौज्दात १८ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस