Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदै

  • काठमाडौं । सरकारले बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ ।नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्सको कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर सेवा प्रवाहमा राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि बीमा प्राधिकरणले यस्तो निर्णय गरेको छ ।सरकारले २०८१ माघ १ देखि लागू हुने गरि बैकिङ तथा वित्तीय सेवा प्रवाहमा राष्ट्रिय परिचयपत्र अनिवार्य गराउने निर्णय गरेको राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।

    अब जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानी लगायत सबै किसिमका बीमा कारोबार र बीमा मध्यस्तकर्ताको दर्ता÷नवीकरण र सेवा सुविधा भुक्तानीमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य आवश्यक पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij