काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको २ आर्थिक वर्षिको साधारण सभा आज असार १८ गते मंगलबार बस्दैछ । सभा, भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।