काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार १८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसमम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम ७३९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।