Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने


नया सडक

२०८१, असार २० बिहीबार

  • 483
    Shares

  • नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

    मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आज असार २० गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस