Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बंगलादेशी पर्यटक भित्र्याउने कार्यक्रममा सरिक हुन हानको टोली ढाका तर्फ

बंगलादेशी पर्यटक भित्र्याउने कार्यक्रममा सरिक हुन हानको टोली ढाका तर्फ

  • काठमाडौं । होटल संघ नेपाल (हान)को एक प्रतिनिधि मण्डलले बंगलादेशी पर्यटक भित्र्याउन बिहीबार काठमाडौंबाट ढाका प्रस्थान गरेको छ । मुलुकमा बंगलादेशी पर्यटकको आगमन बढाउने  योजना लिएर सो टोली ढाका प्रस्ताथ गरेको हो ।

    हानका महासचिव साजन शाक्यले पर्यटक आकर्षित गर्न सकिने सम्भावनालाई ध्यान दिँदै आवश्यक प्रचारका लागि २१ सदस्यीय होटल टोली बंगलादेशतर्फ लागेको जानकारी सार्वजनिक गरेका हुन् ।

    बंगलादेशको राजधानी ढाकामा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । बंगलादेशका विभिन्न शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र सञ्चारकर्मीको उपस्थितिमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ । 

    यो कार्यक्रम दुवै देशका व्यवसायीहरूबीच हुने बीटुबी कार्यक्रम रहेको उनले जनाए ।ढाकामा रहँदा बंगलादेश इन्टरनेशनल होटल एसोसिएसनसँग द्विपक्षीय पर्यटन प्रवर्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदानप्रदान सम्झौता हानको टोलीसँग हुने अपेक्षा गरिएको छ ।नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म कार्यक्रम आयोजना हुने जनाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij